निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह सर्वोच्चमा, माघ ६ मा पेसी


काठमाडौं-  नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत पुगेको छ । देउवा पक्षका तर्फबाट दायर गरिएको रिट सर्वोच्च प्रशासनले दर्ता गर्दै त्यसको पेसी माघ ६ गतेका लागि तोकेको छ ।

तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णय बदरको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । रिट दर्ता गरेलगत्तै आजै पेसी तोक्न आग्रह गरिएको भए पनि सर्वोच्च प्रशासनले प्रक्रिया र नियमावलीका कारण सोही दिन पेसी तोक्न सम्भव नभएको जानकारी दिएको छ ।

यसअघि शनिबार बसेको देउवा समूहको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी दुवै मोर्चाबाट प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया