प्रहरीका ११ एसएसपीको सरुवा, अपराध अनुसन्धानमा खड्का आउँदा अरु को कहाँ ? (सूचीसहित)


काठमाडौं – नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक ।एसएसपी) हरूको सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले विज्ञप्ति जारी गर्दै एसएसपी सरुवाबारे जानकारी गराएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरता सोमेन्द्र सिंह राठोरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ ।

त्यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरता रमेश कुमार बस्नेतलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा रानीपोखरीमा सरुवा गरिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा भने सन्तोष खड्कालाई पठाइएको छ ।

खड्का गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए ।

त्यस्तै प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा कार्यरत वसन्त रजौरेलाई विमानस्थलमा सरुवा गरिएको छ ।

 

प्रतिक्रिया