
भक्तपुरमा छोराले गरे आमाको हत्या
काठमाडौं- भक्तपुरमा शुक्रबार राति एक व्यक्तिले आफ्नै आमाको हत्या गरेका छन्। मध्यपुर थिमि नगरपालिका–३ तेर्सेटारमा डेरामा बस्दै आएका २७ वर्षीय प्रविण भण्डारीले ५० वर्षीया आमा सरिता भण्डारीको हत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुका अनुसार धनुषाको मिथिला नगरपालिका–११ घर भएका आमा–छोरा भक्तपुरमा डेरामा बस्दै आएका थिए। शुक्रबार राति प्रविणले आमामाथि धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी सरिताको उपचारका क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा मृत्यु भएको हो।
आमाको हत्या गरेपछि प्रविणले आफैंमाथि पनि धारिलो हतियार प्रहार गरेका थिए। उनी घाइते अवस्थामा उपचाररत रहेका छन्। घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
