देउवा पक्षको केन्द्रीय कार्य समितिको भोलि बैठक बस्दै


काठमाडौं — नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा केन्द्रीय कार्यसमितिको बैठक शनिबार विहान ८ बजे सानेपामा बोलाइएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सबै ७ प्रदेश कार्यसमितिका सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आजै निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिएको छ । तर सो आधिकारिकतालाई देउवा पक्षले अस्विकार गरेको छ ।

May be an illustration of tree and text that says "नेपाली कांग्रेस केन्द्रीय कार्यालय तंपी स्मृति वन लालितमुर, नेपात नैपान माघ २, २००२ केन्द्रीय कार्यसमितिको बैठक सम्बन्धमा नेपाली कांग्रेसका कार्यवाहक सभार्पात श्री पूर्णबहादुर खडकाको निर्देशानुसार केन्द्रीय कार्यसा्मतिको बैठक २०६२ माघ ဒိ गते शांनिवार विहान 5:οο बजे पार्टीको केन्द्रीय कार्यलय, बी.पी स्मृत 'वन, बीपी नगर, ललितपुरमा बस्ने भएकोले उक्त बैठकमा केन्द्रीय कार्यस्मातका प्दाधकारी, सद्स्य, आमत्तित सदस्य एव वटै प्रदेश का्यसमतिका सभार्पातहरको जनिवार्य उर्पास्यातका लांगि हार्दिक अनुरोध गरिन्छ よ6りら.a ia कृष्णप्रसाद पौडेल मुख्य सचिव 세내용기한 मलकीन (မဖ-9 북&드ㅋㅋ독ㅋ \/X9드ㅋ수터t보k\/북이드코워터치, च्यान्स 북9드ㅋ수독독 E-mail: ufo@uxpalicongres.arg Internet Access: :http://www.mnepalicongress.or"

प्रतिक्रिया