
आयोगको निर्णय मान्य हुँदैनः पूर्णबहादुर खड्का
काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका उपसभापति पूर्णबहादुर खड्का निर्वाचन आयोगमा पुगेका छन् ।
शुक्रबार साँझ आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेपछि उनी आयोग परिसर पुगेका हुन् ।
उनले आयोगको निर्णय आफूहरुलाई मान्य नहुने बताए । वैधानिक, राजनीतिक र कानुनी सबै लडाइँ लड्ने उनले बताए । उनले सबै सेटिङमा भएको समेत बताए ।



कागजपत्र |
