
साहित्यकार थापाको कृति ‘जेनजी काल’को विमोचन
काठमाडौं – साहित्यकार तथा सर्जक निर्मलकुमार थापाद्वारा लिखित समकालिन बिषयमा आधारित कविता संग्रह जेनजी काल सार्वजनिक भएकोछ ।
सार्वजनिकीकरण कार्यक्रममा अतिथी फिक्सन डिजाइनर कुमार नगरकोटीले सर्जक थापासँगको मित्रता जस्तो शाब्दिक यान्त्रिक नभई सधै साथ दिने साथीको रुपमा चित्रण गरे । उनले भने, ‘निर्मल जी मेरो साथी हो, उहाँसँग धेरै साथहरु बितेका छन्, ति सुन्दर साथहरुको याद अहिलेपनि ताजा छ । म उहाँलाई साथी भन्न रुचाउँछु, जसरी म पुस्तक शब्दलाई किताब भन्न रुचाउछु ।’ थापासँगको पहिलो भेटबारे उप्काउँदै नगरकोटीले भने, ‘निर्मलजीसँग पहिलो भेट बर्षौ पहिले जेब्राक्रसमा भएको थियो, त्यसपछि धेरै साथहरु साथसाथै बिते र उहाँ अवतार जसरी मेरो जीवनमा झुल्कने र हराउने गर्नुहुन्छ, त्यो स्टाइल मलाई मन पर्छ ।’
कार्यक्रमका अर्का वक्ता पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भने, ‘निर्मल थापाको कविता कृती हाम्रो समयको जीवन्त इतिहास हो, हामीले भर्खरै देशमा भोगेको सदृष्य कृतीमा वर्णन गरिएकोछ । यस क्रममा मैले प्रहरीबारे लेखिएको कविता पनि मैले पढे, निकै शसक्तरुपमा आएकोछ यो । सबैले मनन गरेर पढ्नै पर्ने पुस्तक हो ।’
उनले अगाडि भने, ‘अहिलेको यो परिवर्तीत राजनीतिक नयाँ शक्तिको अभ्यासमा हामी सँगसँगै छौँ र यस कृतीले जेनजी कालको आवाज बोलेकोछ ।’
कार्यक्रममा युवा नेता अब्दुस मिया, बेलायतबासी साहित्यकार तथा समाजसेवी धु्रव केसी, युवा उद्यमी सुदर्शन बिक्रम कार्की र कवयित्री प्रजिता दर्नालले थापाका कविताहरु वाचन गरेका थिए साथै लेखक थापालाई शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा कलाकार अनुप तिमिल्सीना समुहको जेनजी कालमा आधारित सांगीतिक प्रस्तुती पनि रहेको थियो भने कार्यक्रममा लोकप्रिय गायीका जुनु रिजालले सुमधुर गजल वाचन गरेकी थिइन् ।
जेनजी काल कवितामा २२ वटा कविता समावेश गरिएका छन् भने पुस्तक नेपाल सेन्टरले प्रकाशन गरेको हो । मूल्य रु ५०० रहेको कृति देशका प्रमुख पुस्तक पसलहरु र संसारभर अनलाइनमा उपलब्ध हुने जनाइएको छ ।



कागजपत्र |
