सहमतिका लागि विशेष महाधिवेशन पक्षधरले पठायो ८ बुँदे प्रस्ताव


काठमाडौं-  नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टीको संस्थापन समूहसँग वार्ता अघि बढाउन ८ बुँदे प्रस्ताव पठाएको छ।

प्रस्तावमा प्रमुख विषयहरूमा महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने लगायतका कुरा समावेश गरिएको छ। विशेष महाधिवेशन पक्षले संस्थापन पक्षसँग सहमति र वार्ता गरेर पार्टी एकता कायम राख्ने उद्देश्यले यो प्रस्ताव अघि बढाएको बताइएको छ।

यस्ता छन् प्रस्ताव-

  • कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने
  • विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने
  • प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने
  • चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने
  • टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने
  • निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने
  • उम्मेदवारको  टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने
  • विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रुपमा ग्रहण गर्नुपर्ने

प्रतिक्रिया