
कांग्रेसको १५औं महाधिवेशनको नयाँ तालिका ल्याउने प्रस्ताव अनुमोदन
काठमाडाैं- भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहेको समयमा पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक जारी छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले नियमित महाधिवेशनको तालिका ल्याउने प्रस्ताव अनुमोदन गरेको छ। यसअघि कार्यसम्पादन समितिले वैशाख २८ गतेदेखि ३१ गतेसम्म पार्टीको १५ औँ नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो।
बिहान ८ बजेका लागि बोलाइएको बैठक दिउँसो सवा २ बजे शुरू भएको हो ।



कागजपत्र |
