सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ


सिन्धुली-  सिन्धुलीमा ५७ हजार अमेरिकी डलर (नेपाली  ८२ लाख रुपैयाँ ) सहित एक जना पक्राउ परेका छन्। मंगलबार राति करिब ११ बजे गोलन्जोर गाउँपालिका–७ को माथिल्लो बजारस्थित चेकपोष्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा प्रहरीले डलरसहित युवराज नेवारलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार नेवार बा १६ च ८०४८ नम्बरको सुमोमा काठमाडौंबाट इलामतर्फ जाँदै थिए। चेकजाँचका क्रममा शंकास्पद अवस्थामा ठूलो मात्रामा अमेरिकी डलर फेला परेपछि उनलाई पक्राउ गरिएको हो।

घटनासँग सम्बन्धित सुमोका चालक र अन्य व्यक्तिहरूसँग समेत प्रहरीले सोधपुछ गरिरहेको छ।

 

प्रतिक्रिया