एसबीआई बैंक लुटपाट प्रकरणः लुटपाटमा संलग्न ४ जना पकउ


काभ्रे- नेपाल एसबीआई बैंक घ्याङलेख–२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति भएको लुटपाटमा संलग्नमध्ये ४ जना पक्राउ परेका छन ।

स्थानीयको सहयोगमा उनीहरुलाई घ्याङलेख—१ सुकाचुरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले बताए ।

मंगलबार राति नेपाल एसबीआई बैंकको घ्याङलेख–२ बस्तीपुर, हायुटार शाखामा लुटपाट भएको थियो । पाँच÷छ जनाको समूहले उक्त बैंकबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेका थिए ।

लुटिएको रकम मध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ जंगललगायत विभिन्न स्थानबाट बरामद गरेको थियो ।

प्रतिक्रिया