एसबीआई बैंक लुटपाट प्रकरणः नगद १ करोड ८० लाख जंगलबाट बरामद


काठमाडौं — सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकको शाखाबाट मंगलबार साँझ लुटिएको १ करोड ८० लाख नगद प्रहरीले बरामद गरेको छ ।

सिन्धुली प्रहरीका अनुसार १ करोड ८० लाख नगद बरामद भएको छ भने लुटेराहरुको खोजी कार्य जारी छ ।

चार–पाँच जना लुटेराले मंगलबार साँझ सुरक्षागार्डलाई कुटपिट गरेर शाखा लुटेका हुन् । सुरक्षागार्ड रुद्र कार्कीका लुटेराले उनलाई कुटपिट गरेका थिए । उनको हातमा चोट लागेको छ ।
लुटेराहरुले प्रयोग गरेको टाटा सुमो जिपसहित चालक समेत प्रहरीको नियन्त्रणमा रहेका छन् । नगद बरामद भएपछि बैंक लुटपाट गरिसकेपछि लुटेराहरुले जीप छाडेर जंगलतर्फ भागेको पुष्टी भएको छ ।

प्रतिक्रिया