
विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका तत्कालीन प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, पोखरा वितरण केन्द्रका तत्कालीन केन्द्र प्रमुख राजीवकुमार सिंहसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पुर्याई भ्रष्टाचार गरेको ठहरसहित आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिएको हो।
आयोगका अनुसार, मुद्दामा सिंहसँगै केन्द्रका तत्कालीन सहायक लेखा अधिकृत (स्टोर प्रमुख) लोकप्रसाद काफ्ले, कान्तिपुर सेक्युरिटी सर्भिस प्रालि, काठमाडौंका सेक्युरिटी कार्ड रामकुमार पुर्जा र हेम शर्मा रिमाललाई प्रतिवादी बनाइएको छ।
अख्तियारले उनीहरूविरुद्ध १३ लाख ९३ हजार ६०३ रुपैयाँ बिगो कायम गर्दै बिगो बराबरको जरिवाना र कैद सजायको मागदाबी गरेको छ।



कागजपत्र |
