
कांग्रेस संस्थापन र विशेष महाधिवेशन पक्षबीच आज वार्ता
काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच मंगलबार वार्ता हुँदैछ। वार्ताको स्थान र समय तोकिएको छैन।
वार्तामा संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँण सहभागी हुनेछन्। यस्तै विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी हुनेछन्।
विशेष पक्षले सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षलाई बोलाएको थियो। तर दुई दिन भईसक्दा पनि उनीहरू उपस्थित भएका छैनन् ।
यससँगै पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।



कागजपत्र |
