नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरूको सपथ आज


काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरूले आज शपथ लिने भएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ः३० बजेका लागि शपथग्रहणको कार्यक्रम तय गरिएको छ ।

एकतामा जोडिएपछि थपिएका केन्द्रीय सदस्यहरूले शपथ लिन लागेका हुन् । कार्यक्रम भौतिक र भर्चुअल गरी दुवै विधिले सम्पन्न हुने बताइएको छ ।

नेकपाका नेता गंगालाल तुलाधरका अनुसार शपथ लिएका केन्द्रीय सदस्यहरूले केन्द्रीय कार्यालयमा १ हजार रुपैयाँ तिरेपछि परिचयपत्र दिने व्यवस्था गरिएको जानकारी दिए ।

प्रतिक्रिया