
पार्टीमा नकारात्मक गतिविधि नगर्न कार्यवाहक सभापति खड्काको अपिल
काठमाडौं — नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा नकारात्मक असर पार्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित सबै पक्षलाई अपिल गरेका छन्।
भृकुटीमण्डपमा पार्टीको विशेष महाधिवेशन जारी रहँदा खड्काले विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन्। उनले सबै नेता तथा कार्यकर्तालाई पार्टीमा एकता कायम राख्दै अगाडि बढ्न हार्दिक अनुरोध गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिबिधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु।”




कागजपत्र |
