
देउवाले बोलाएको बैठकमा शेखर पनि सहभागी
काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा डा. शेखर कोइराला पनि सहभागी भएका छन्। कोइराला आफूनिकट केन्द्रीय सदस्यहरूसँगै सहमहामन्त्री जीवन परियार, बद्री पाण्डे र नेता मिनेन्द्र रिजालसहित देउवानिवास पुगेका थिए।
यसअघि विशेष महाधिवेशनपक्षको बन्दसत्र भृकुटीमण्डपमा जारी थियो। कोइरालाले आफ्ना नेताहरूसँग छलफल गरी पार्टी विवाद मिलाउने जिम्मेवारी सभापति र महामन्त्रीबीच लगाउने निर्णय गरेका छन्।
देउवाले विशेष महाधिवेशनपक्षले १४औँ महाधिवेशनबाट निर्वाचित समिति भंग गर्ने प्रस्ताव पहिले नै बन्दसत्रमा पेश गरिसकेका छन्। कांग्रेसको पछिल्लो अवस्था टुंग्याउन र रणनीतिक छलफल गर्न देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूसहित बैठक डाकेको उनका निकट स्रोतले जानकारी दिएका छन्।



कागजपत्र |
