
डडेल्धुरा अस्पतालका अध्यक्ष ओझालाई कार्यकक्षमै मोसो दलियाे
डडेल्धुरा – डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझामाथि नेकपा बहुमतको कम्युनिस्ट युवा संगठन नेपाल, डडेल्धुराकाे नेतृत्वमा जनकारबाही स्वरूप मोसो दलेको छ। घटना बुधबार कार्यकक्षमै भएको बताइएको छ।
अस्पतालका अध्यक्ष ओझामाथि लगाइएका आरोपहरू क. सहविरद्धारा हस्ताक्षरित दश बुँदे आरोपपत्रमा समावेश छन्। आरोपपत्रमा अस्पताल सञ्चालन, कर्मचारी भर्ना, उपकरण खरिद र सेवा प्रवाहमा भ्रष्टाचार र अनियमितताको कुरा उल्लेख गरिएको छ।
मुख्य आरोपहरू:
- कमिसनको लोभमा अस्पतालका स्वास्थ्य उपकरण जानाजानी बिगारेर नयाँ उपकरण खरिद प्रक्रियामा लगाउने र लाखौँ रुपैयाँको भ्रष्टाचार गर्ने। उदाहरणका रूपमा एक्स–रे मेसिन बिगारेर नयाँ खरिद प्रक्रिया अघि बढाइएको।
- जनस्वास्थ्य क्षेत्रमा दक्ष कर्मचारीको सट्टा राजनीतिक र आर्थिक चलखेलमा कर्मचारी भर्ती गरी गुणस्तरीय सेवा अवरुद्ध गर्नु।
- अस्पताललाई मदिरा सेवन गर्ने स्थल बनाउनु।
- अध्यक्षको तेस्रो कार्यकालमा आय–व्यय विवरण सार्वजनिक नगरी कमजोरी ढाकछोप गर्नु।
- सेवा, मर्मत तथा निर्माणमा आफ्ना आसेपासेलाई कोटेसन दिलाएर कमिसन लिनु।
- सेवा प्रवाह सुधार्नुपर्ने ठाउँमा अस्पताललाई कमाइ खाने भाँडो बनाउँदै भ्रष्टाचार गर्नु।
- स्थायी दरबन्दी खाली रहँदा पनि करार र ज्यालादारी कर्मचारी नियुक्त गरेर जनस्वास्थ्यसँग खेलवाड गर्नु।
- सुदूरपश्चिमकै रेफर अस्पताल भए पनि स्वास्थ्य सेवामा लापरवाही देखाएर जनतालाई सास्ती दिनु।
- खरिद प्रक्रियामा मनपरी गर्दै गुणस्तरभन्दा कमिसन दिने आपूर्तिकर्तालाई प्राथमिकता दिनु।
- लाखौँ मूल्यका उपकरण खरिद गरेर थन्क्याउने, सूचना लुकाउने, जवाफदेहिताबाट पन्छिने र नेतृत्वको कारण संस्थागत सुशासन कमजोर पार्नु।



कागजपत्र |
