भक्तपुरमा बेलायत बस्ने युवक मृत फेला, स्वचालित हतियार पनि भेटियाे


काठमाडौं । मध्यपुर ठिमी नगरपालिका–६, भक्तपुर बस्ने ४० वर्षीय सनिप चाम्लिङ राई साँझ सवा ४ बजे आफ्नै घरको कोठामा मृत भेटिएका छन्। राई राइटोलस्थित साढे चार तले घरको चौथो तल्लामा बस्दै आएका थिए।

प्रहरीका अनुसार राईले ढोकामा चुकुल लगाएर आफैंलाई कञ्चटमा “जिएस फाइभ, जर्मन” लेखिएको कालो रंगको स्वचालित बन्दुकबाट गोली हानी आत्महत्या गरेका हुन्। मृत अवस्थामा उनलाई प्रहरी फेला पारेको थियो।

जिल्ला प्रहरी परिसर भक्तपुरले घटनास्थलमा प्रहरी टोली परिचालित गरी छानबिन सुरु गरेको छ। प्रहरीका अनुसार राई बेलायतमा बस्दै आएका थिए र कहिलेकाहीँ नेपालमा आउँदा घरमा बस्ने गरेका थिए।

घटनाको समयमा राई एक्लै रहेको पुष्टि भएको छ। राई अविवाहित थिए। प्रहरीले स्वचालित हतियार उनले कहाँबाट ल्याए र आत्महत्या गर्नुको कारण के थियो भन्नेबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया