प्रकाश पाठकलाई लिन फिलिपिन्स जाँदै एसपी खड्कासहितको टोली


काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहितका व्यक्तिहरुलाई ज्यान लिने धम्की दिएको आरोपमा पक्राउ परेका प्रकाश पाठकलाई लिनका लागि नेपाल प्रहरीको एक टोली फिलिपिन्स जाने भएको छ । फिलिपिन्समा रहेको जानकारी पाएसँगै सरकारले डिफ्युजन नोटिस जारी गरेपछि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले पक्राउ गरेको थियो ।

काभ्रे घर भएका पाठकले राईसहित १० जनालाई धम्की दिएका हुन् । पाठक भारत, इन्डोनेशिया हुँदै फिलिपिन्स पुगेको थाहा भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा भिडियो र अडियो सन्देश पोस्ट गरेर धम्क्याउँदै आएका थिए । उग्रवादी संगठनको अध्यक्ष दाबी गर्ने पाठकलाई लिन प्रहरीको इन्टरपोल शाखाका एसपी रुपेश खड्का र जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना इन्स्पेक्टर जाने निर्णय भएको छ ।

पाठकले सामाजिक सञ्जालमा भिडियो पोस्ट लोकमान सिंह कार्की, गोपाल बहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिएका थिए ।

प्रतिक्रिया