मृतकमध्ये चारजनाको सनाखत, यी हुन् ज्यान गुमाउने र घाइतेहरू (नामसहित)


काठमाडौं – मकवानपुरमा जीप दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये चार जनाको पहिचान खुलेको छ।

आइतबार साँझ मकवानपुरको भीमफेदी गाउपालिका–६ जुरीखेत स्थित भीमफेदी कुलेखानी काठमाडौ सडक खण्डमा आइतबार साँझ दुर्घटना भएको थियो।

काठमाडौंबाट हेटौडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो गाडी सडकबाट १०० मिटर तल खोल्सामा खस्न गई दुर्घटना भएको, सुमोमा सवार ९ सवार रहेका थिए भने ६ जनाको हेटौंटा अस्पतालमा निधन भएको छ।

प्रहरीका अनुसार हेटौडा अस्पतालमा मृत्यु भएकाहरुको विवरणः

१. देश भारत बिहार राज्य पटना बस्ने वर्ष ४२ को रजनिस कुमार
२. जि-मकवानपुर हेटौडा – ४ कमलडाँडा बस्ने वर्ष ४० की सबिता लम्साल
३. जि-मकवानपुर हेटौडा- २ कान्तिराजपथ बस्ने वर्ष ९ को निखिल अग्रवाल
४. देश भारत बिहार राज्य बेगुसराई बस्ने अं. वर्ष ५० को अरबिन्द कुमार
५‍. तत्काल नाम थर वतन नखुलेको अं. वर्ष ३६ को पुरुष
६. तत्काल नाम थर वतन नखुलेको अं. वर्ष ४० को पुरुष

घाइतेको विवरणः

१. सुमो चालक जि-मकवानपुर हेटौडा उपमहानगरपालिका- ४ कर्रा चोक बस्ने वर्ष ४५ को गणेश थापा शरीरको बिभिन्न भागमा चोट अवस्था गम्भिर। थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनको लागि रिफर गरिएको।

२‍ जि-मकवानपुर हेटौडा उपमहानगरपालिका- ४ कमलडाँडा बस्ने सबिता लम्सालको छोरा वर्ष १२ को अभ्यास लम्साल। अवस्था गम्भिर। पुरानो मेडिकल कलेज भरतपुर चितवनको लागि रिफर गरिएको छ।

३. जि.रौतहट चन्द्रपुर नपा-२ बस्ने वर्ष २१ कि रिचा चौधरीको अवस्था गम्भीर

प्रतिक्रिया