
एमाले मुख्यालय परिसरमा पेस्तोल फेला
काठमाडौं - ललितपुरको च्यासलस्थित नेकपा एमाले मुख्यालय परिसरमा पेस्तोल फेला परेको छ।
पार्टी मुख्यालय परिसरको सरसफाइका क्रममा मंगलबार उक्त पेस्तोल भेटिएको हो। पेस्तोल फेला पर्नासाथ त्यसलाई प्रहरीको जिम्मामा लगाइएको छ।
प्रहरीले अहिले थप अनुसन्धान जारी राखेको छ।



कागजपत्र |
