तुलसीपुरमा स्रोत नखुलेको ६० लाख रुपैयाँ बरामद, घरधनी नियन्त्रणमा


दाङ - तुलसीपुर उपमहानगरपालिका–६, गोलौरामा प्रहरीले स्रोत अज्ञात ६० लाख रुपैयाँ बरामद गरेको छ।

बरामद रकमको सम्बन्धमा घरधनी दुर्गा केसीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रारम्भिक बयानमा केसीले रकमको स्रोत स्पष्ट गर्न नसकेको बताएका छन्। प्रहरीले प्रारम्भिक अनुमान अनुसार उक्त रकम चोरी गरेर ल्याइएको हुन सक्ने सम्भावना रहेको बताएको छ।

प्रहरीले थप अनुसन्धान जारी राखेको छ र रकमको वास्तविक स्रोत तथा यसको कानूनी स्थिति पत्ता लगाउन कार्यरत छ।

प्रतिक्रिया