एसएसपी धम्क्याउने विप्लव नेतृ ‘बिदुषी’ पक्राउ


ललितपुर – महानगरिय प्रहरी परिसर ललितपुरले नेकपा बिप्लब समुहकी ललितपुर सेक्रेटरी सावित्रा अधिकारी ‘बिदुषी’ लाई पक्राउ गरेको छ । विस्फोटक पदार्थ बनाउने गरेको अभियोग उनी माथी लागेपछि परिसरले पक्राउ गरेको हो ।

गत महिना विप्लव समूह ललितपुरका डिसीएम श्याम बज्राचार्यलाई ललितपुर प्रहरीले ठूलो मात्रामा विस्फोटक पदार्थसहित  पक्राउ गरेको थियो । सोही मुद्दाको अनुसन्धानको क्रममा बिदुषी तानिएकी हुन्् । उनीमाथी बिस्फोटक पदार्थ बनाउने गरेको अभियोग जिल्ला अदालत ललितपुरमा बिचाराधिन अबस्थामा छ ।

ललितपुर परिसरको टोलीले बिदुषीलाई शनिबार पाटनबाट पक्राउ गरेको हो । यसअघि बिदुषीले विप्लव समुहका ललितपुर जिल्लाको डिसीएम श्याम बज्राचार्यलाई विस्फोटक पदार्थसहित  पक्राउ गरेको प्रकरणमा  विज्ञप्ति जारी गर्दै एसएसपी राईलाई धम्क्याएकी थिइन् । तर धम्क्याएको प्रक्ररणमा भने कुनै मुद्दा नचल्ने ललितपुर प्रहरीले जनाएको छ ।

विज्ञप्तिमार्फत बिदुषीले सरकारको मतियार एसएसपी राईलाई जनताको सामान्य नागरिक भएर बाँच्ने अधिकारको हनन् गर्ने, नागरिकको चरित्र हत्या गर्ने खालका अभिव्यक्ति दिने र एक राजनीतिक पार्टीमा आस्था राखेको आधारमा एक स्वत्रतन्त्र नागरिक भएर जिउने अधिकारको हनन् गर्दै अनावश्यक खानतलासी गर्ने, घर घेर्ने धरकपट तथा शारीरिक तथा मानसिक यातना दिने काम तुरुन्त रोक्नु भन्दै बिज्ञप्ती जारी गरेकी थिईन । यस अघि पक्राउ परेका बज्राचार्य भने हाल मुद्दा पुर्पक्षको लागी कारागार चलान भएका छन् ।

प्रतिक्रिया