
लोकतन्त्रको मर्म, सौन्दर्य र विधिलाई नयाँ दलले आत्मसाथ गर्नुपर्छः केन्द्रीय सदस्य काफ्ले
काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता कुन्दनराज काफ्लेले पछिल्ला समयमा खुलेका दलहरुले लोकतन्त्रको मर्म, सौन्दर्य र विधीलाई आत्मसाथ गर्नुपर्ने बताएका छन् ।
बागमती प्रदेशसभा सदस्य समेत रहेका काफ्लेले लोकतन्त्रमा कुनै पनि दलहरुलाई स्वागत गर्ने जनाउँदै आफू लोकतन्त्रका लागि यसअघि पनि लडेको, अहिले पनि लडिरहेको र आगामी दिनमा पनि लड्दै जाने बताएका छन् । उनले नयाँ राजनीतिक दलहरुले पनि लोकतन्त्रको मर्म, सौन्दर्य र विधीलाई आत्मसाथ गर्नसक्नुपर्ने बताएका छन् ।
उनी लेख्छन्, ‘लोकतन्त्रमा नयाँ दलरुलाई स्वागत नगर्ने कुरै छैन। यत्ति हो, लोकतन्त्रको मर्म, सौन्दर्य र विधीलाई आत्मसाथ गर्नुपर्छ। यसमा तलमाथि भएमा, हिजो पनि लडेको हो, भोलिपनि लोकतन्त्रका लागि लडिन्छ।’



कागजपत्र |
