
त्रिशला गुरुङ बनिन् उज्यालो नेपाल पार्टीको समानुपातिक उम्मेदवार
काठमाडौं- उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत चर्चित गायिका तथा चिकित्सक डा. त्रिशला गुरुङलाई उम्मेदवारको रूपमा सिफारिस गरेको छ। पार्टीले स्वास्थ्य क्षेत्र सुधार, समावेशी राजनीति र पेशागत दक्षताका आधारमा डा. गुरुङलाई सूचीमा अघि सारेको हो।
पार्टीका अनुसार वर्तमान स्वास्थ्य प्रणालीमा असमान पहुँच, बढ्दो उपचार खर्च, ग्रामीण क्षेत्रमा स्वास्थ्य जनशक्ति अभाव र बजेटको प्रभावहीन कार्यान्वयन प्रमुख चुनौतीका रूपमा रहेका छन्। डा. गुरुङको चिकित्सकीय अनुभव र नीतिगत बुझाइले संसदमा यी समस्याबारे व्यवहारिक र प्रमाणमा आधारित बहस अघि बढाउने विश्वास गरिएको छ।
साथै, एक स्थापित गायिका तथा सामाजिक सचेतना अभिवृद्धि गर्ने व्यक्तित्व भएकी डा. गुरुङले स्वास्थ्य र सांस्कृतिक चेतनालाई जोड्दै संसदमा फरक र प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।



कागजपत्र |
