प्रहरी हवल्दार थापा मृत फेला


काठमाडौं – नेपाल प्रहरीका एक जना सहायक हबल्दार बुद्धनगरमा मृत फेला परेका छन् ।

प्रधान कार्यालयमा कार्यरत सहायक हवल्दार बलबहादुर थापा आज बिहान नयाँबानेश्वर बुद्धनगरस्थित डेरा कोठाभित्र मृत फेला परेका हुन् ।

घाँटीमा पासो लागेको अवस्थामा झुण्डिएको देखेपछि उनकी श्रीमतीले उद्धार गरेर नजिकैको एभरेष्ट अस्पताल पुर्‍याएकी थिइन् । तर चिकित्सकले उनलाई मृत घोषणा गरेको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए ।

थापाको मृत्युबारे अनुसन्धान भइरहेको भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया