
आगामी संसदीय चुनाव नलड्ने विश्वप्रकाश शर्माको घोषणा
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले आगामी निर्वाचनमा आफू नलड्ने स्पष्ट पारेका हुन्। बैठकमा बोल्दै उनले पार्टीले दिएको विश्वास र सिफारिसप्रति आभार व्यक्त गर्दै व्यक्तिगत निर्णयका आधारमा निर्वाचनबाट अलग रहने बताएका छन्।
पार्टीले शर्मालाई झापा–१ बाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत रूपमा सिफारिस गरेको थियो।



कागजपत्र |
