
ब्यालेटमार्फत नेतृत्व परिवर्तन गर्न नयाँ पुस्तालाई कुलमानको अपिल
काठमाडौं- उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले आगामी निर्वाचन नयाँ शक्तिहरूको प्रस्थान बिन्दु हुनुपर्ने बताएका छन्।
बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित उज्यालो घर केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री घिसिङले तोकिएकै समयमा निर्वाचन हुने दाबी गर्दै नयाँ पुस्ता र नयाँ शक्तिहरू एकताबद्ध भएर चुनावमा जानुपर्नेमा जोड दिए।
घिसिङले जेन–जी आन्दोलनपछि पनि देश पुरानै अवस्थामा फर्किनु दुर्भाग्य हुने उल्लेख गर्दै भने, “अब देशलाई माथि लैजान, समृद्धितर्फ अघि बढाउन नयाँ पुस्ता र नयाँ शक्तिहरू एक भएर अघि बढ्नुपर्ने आजको आवश्यकता हो।” उनले उज्यालो नेपाल पार्टीले यस अभियानमा नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उनले देशको परिवर्तनको बिन्दुमा रहेको वर्तमान अवस्थाबाट ब्यालेटमार्फत नेतृत्व परिवर्तन गर्दै समृद्धिको बाटो खोल्न सबै नयाँ शक्ति, समूह, व्यक्तित्व र पार्टीहरू एक हुनुपर्ने बताए।



कागजपत्र |
