राष्ट्रियसभाको अधिवेशन बोलाउन कांग्रेसको माग


काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रियसभाको अधिवेशन अविलम्ब आह्वान गर्न माग गर्ने निर्णय गरेको छ। कांग्रेस राष्ट्रियसभा संसदीय दलको बिहीबारको बैठकले तत्काल अधिवेशन बोलाउन राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई सम्बन्धित निकायसँग अनुरोध गर्न सिफारिस गरेको हो।

प्रमुख सचेतक कृष्णबहादुर रोकायले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “देशमा बदलिएको राजनीतिक विषम परिस्थितिमा असंवैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन भएको अवस्थामा, जनताका आवाज उठाउने सार्वभौम संघीय संसद अन्तर्गत राष्ट्रियसभा मात्र कायम भएको छ। यस कारण राष्ट्रियसभाको बैठक बस्न आवश्यक भएकोले, सम्माननीय अध्यक्षज्यूलाई सम्बन्धित निकायसँग माग गर्न अनुरोध गर्ने निर्णय बैठकले गरेको छ।”

 

 

प्रतिक्रिया