पूर्वगृहमन्त्री लेखक सोमबार बयानका लागि जाने


काठमाडौं — नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगले आफूलाई बयानको लागि बोलाएको र आफू बयानका लागि जाने बताएका छन् ।

पार्टी कार्यालयमा जारी कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै लेखकले आफूलाई जाँच बुझ आयोगले बोलाएको र आउने सोमबार अर्थात् यही पुस १४ गते बयानका लागि जाने बताएका छन् ।

लेखक गृहमन्त्री भएका बेला नै भदौ २३ र २४ को जेनजी आन्दोलन भएको थियो । उनले २३ गतेको घटनापछि तत्कालन राजीनामा दिइसकेका थिए । उनले राजीनामा दिइसकेपछि २४ गते घटनाले विध्वंशकारी मोड लिएको थियो ।

प्रतिक्रिया