ब्राउन सुगरसहित देवर–भाउजु पक्राउ


कैलाली-  कैलालीको धनगढीमा एकै घरका देवर–भाउजुलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका–१० स्थित राममिलन रानाको घरमा अवैध लागुऔषध बिक्री–वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले घर तलासी गर्दा २० वर्षीया द्रोपती रानाको साथबाट २ ग्राम १४० मिलिग्राम र उनका देवर १७ वर्षीय महेश रानाको साथबाट १४० मिलिग्राम ब्राउन सुगर फेला परेको हो।

दुवै जनालाई मंगलबार पक्राउ गरिएको वडा प्रहरी कार्यालय धनगढी र लागुऔषध ब्युरो कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

 

प्रतिक्रिया