नुवाकोटबाट पनि राप्रपाका डा. लोहनी र भेटुवालको नाम सिफारिस, अरू को–को ?


काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोट क्षेत्र नम्बर १ ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेको छ।

प्रत्यक्षतर्फ, पार्टीले राप्रपाको निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, विवेकशील साझाबाट राप्रपामा प्रवेश गरेका केन्द्रीय सदस्य उद्धवराज भेटुवाल, सुदर्शन सिटौला, जनकराज पाठक र जेनजी नेता सुरेन्द्रजंग थापाको नाम सिफारिस गरेको छ। डा. लोहनी र भेटुवालको नाम यसअघि काठमाडौं क्षेत्र नम्बर ६ बाट पनि सिफारिस भएकाे थियाे ।

समानुपातिकतर्फ भने डा. लोहनीसहित अणबहादुर प्याकुरेल, मधुसुदन रिसाल, तुलसी पौडेल र प्रतिमा तामाङ लगायतको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ।

 

प्रतिक्रिया