४ वर्षदेखि नबनेको सल्लाघारी मोडको निर्माणका लागि ध्यानाकर्षण


कैलाली- सुदुरपश्चिमका पहाडी ७ जिल्ला जोड्ने मुख्य राजमार्गको कैलाली चुरे सहजपुरभन्दा माथि पर्ने सल्लाघारी मोड विगत ४  वर्षदेखि अलपत्र अवस्थामा रहेको छ।

यस मोड निर्माणका लागि दबाब दिन आज बोलन्या थलीले महेन्द्रनगर सडक डिभिजन, साइट कार्यालय धनगढीमा दबाब आन्दोलन गरेको छ।

बोलन्या थलीका संयोजक यादव जोशीका अनुसार मोड अलपत्र हुँदा हुने दुर्घटना र नागरिकलाई परेको असुविधाका कारण नियमन निकायले चाँडो काम थाल्नुपर्ने आवश्यक रहेको छ। आन्दोलनमा सहभागीहरूले ध्यानाकर्षण पत्रसमेत सम्बन्धित निकायलाई बुझाएका छन्।

 

प्रतिक्रिया