
खोटाङमा कुटपिटबाट एकको मृत्यु
खोटाङ- खोटाङमा कुटपिटबाट एक जनाको ज्यान गएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा सिंगानेका ५० वर्षीय दिलकुमार भुजेलको कुटाइबाट स्थानीय ५८ वर्षीय पदम रोक्काको आइतबार बिहान मृत्यु भएको हो ।
निर्मलीडाँडाका वडाध्यक्ष दिनेश कठायतका अनुसार भुजेलले मादक पदार्थ सेवन गरी आइतबार बिहान ११ बजेतिर रोकालाई कुटपिट गर्दा घटनास्थलमै ज्यान गएको हो ।
भुजेललाई नियन्त्रणमा लिई दिक्तेल ल्याइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रशान्त मिश्रले जानकारी दिए।



कागजपत्र |
