
रोल्पामा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
रोल्पा- रोल्पामा श्रीमतीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पाको रुन्टीगढी गाउँपालिका–५ जस्पुरका ४८ वर्षीय अमराज दमाईं रहेका छन्।
अमराजमाथि आफ्नै श्रीमती ५२ वर्षीया रीमा परियारको कुटपिट गरी हत्या गरेको आरोप लागेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार उनलाई शनिबार दिउँसो पक्राउ गरिएको हो।
प्रहरीका अनुसार अमराजले कुटपिट गर्दा रीमा गम्भीर घाइते भएकी थिइन्। घाइते अवस्थामै उनलाई प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचारका लागि लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
