नेविसंघ कार्यवाहक अध्यक्षकाे जिम्मेवारी सञ्जिव खड्कालाई


काठमाडौं-  नेपाल विद्यार्थी संघ (नेविसंघ) को कार्यवाहक अध्यक्षको जिम्मेवारी सञ्जिव खड्कालाई दिइएको छ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आइतबार खड्कालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेका हुन्। अध्यक्ष शेर्पा भारतको आइआइटी मुम्बईमा आयोजना हुने कार्यक्रममा सहभागी हुन आइतबार नै त्यसतर्फ प्रस्थान गर्ने भएकाले खड्कालाई कार्यवाहक जिम्मेवारी दिइएको हो।

नेविसंघको केन्द्रीय कार्यालयमा कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेपछि खड्काले आफूलाई सुम्पिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

पशुपति बहुमुखी क्याम्पसबाट विद्यार्थी राजनीतिमा सक्रिय बनेका खड्का हाल नेविसंघका केन्द्रीय सदस्य हुन्। उनी उदयपुरका स्थायी बासिन्दा हुन्।

प्रतिक्रिया