एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६ देखि २८ गतेसम्म बस्ने


काठमाडौं – नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६ देखि २८ गते काठमाडौंमा बस्ने भएको छ।

नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले बैठकको मिति र एजेन्डा प्रस्ताव पेस गरेका थिए।

दोस्रो बैठकमा केन्द्रीय कमिटीका सदस्यको मनोनयन, पोलिट्ब्युरो र स्थायी कमिटी गठन लगायतका महत्त्वपूर्ण विषयमा निर्णय गर्ने तय गरिएको छ।

प्रतिक्रिया