
रिहा भएपछि रवि लामिछाने रास्वपाको मूल जिम्मेवारीमा फर्किने
काठमाडौं – उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएको छ। यससँगै लामिछाने पुनः पार्टीको मूल जिम्मेवारी सम्हाल्न लागेका छन्।
रास्वपाले शुक्रबार जारी गरेको विज्ञप्तिमा कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापति लामिछाने तत्कालै आफ्नो पदमा फर्कने जानकारी दिएको छ।
विज्ञप्तिमा अदालतको आदेशप्रति सम्मान व्यक्त गर्दै भनिएको छ, “विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति रास्वपा सदैव प्रतिबद्ध रहेको छ। सभापतिज्यूमाथि लगाइएका मुद्दाहरू राजनीतिक प्रतिशोधको श्रृङ्खला भएकोमा हामी विश्वास लिएका छौं। वर्तमान नागरिक सरकारले यसलाई पूर्णविराम लगाउनेछ।”




कागजपत्र |
