
क्यानको महानिर्देशकको जिम्मेवारी कर्णलाई
काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी देव चन्द्रलाल कर्णले पाएका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले यसअघि क्यानका महानिर्देशकको जिम्मेवारी पाएका मुकेश डंगोललाई फिर्ता बोलाएर कर्णलाई जिम्मेवारी दिएका हुन् ।
उनलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिने निर्णय बिहीबार गरिएको थियो ।
कर्णले शुक्रबार नै पदभार ग्रहण गरेका छन् । कर्णले माघ १७ गतेसम्म निमित्तको जिम्मेवारी सम्हाल्नेछन् । त्यसपछि पूर्णकालीन महानिर्देशकका लागि भने मन्त्रिपरिषद्बाट नयाँ निर्णय हुनेछ ।



कागजपत्र |
