
सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार
ललितपुर– ललितपुर महानगरपालिकाको १०७औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. २१ दक्षिणकाली गणलाई ‘ललितपुर महानगर गौरव पुरस्कार’ द्वारा सम्मानित गरिएको छ ।
प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले बुधवार ललितपुर महानगरपालिकाको पुल्चोकस्थित महानगरपालिकाको प्राङ्गणमा भएको महानगरपालिकाको १०७औँ स्थापना दिवसको अवसरमा गणलाई उक्त पुरस्कार प्रदान गरेकी हुन् ।
विपद् व्यवस्थापन तथा उद्धार कार्यहरुमा गणले पुर्याएको योगदानको कदर स्वरुप महानगरपालिकाले एक लाख रुपैयाँ नगदसहित गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेश लामिछानेलाई सम्मान–पत्र प्रदान गरेको हो ।
कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, सोही महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत स्थानीयवासीको उपस्थिति रहेको सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता मनिष थापाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।



कागजपत्र |
