
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने लामिछाने पक्राउ
काठमाडौं- वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौं टोखा–३ बस्ने ४३ वर्षीय खडानन्द लामिछानेलाई सोमबार पक्राउ गरेको हो।
उनी गोरखाको भिमसेननाथ गाउँपालिका–२ घर भएका छन्। लामिछानेमाथि कोरिया पठाइदिने भन्दै पीडितबाट ३ लाख रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएको उजुरी परेको थियो। प्रहरीले सो उजुरीको आधारमा उनलाई काठमाडौं महानगरपालिका–९ बाट पक्राउ गरेको जनाएको छ।
प्रहरीले आवश्यक अनुसन्धान र कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभागमा पठाएको छ।



कागजपत्र |
