बहिष्कार गर्छौ भन्नेहरुप्रति लक्षित गर्दै ज्योति मगरले लेखिन्– पहिले प्रोग्राम गर्ने औकात बनाऊ


काठमाडौं– चर्चित गायिका ज्योति मगर ले सामाजिक सञ्जालमार्फत केही युवा पुस्तालाई लक्षित गर्दै आफ्नो विचार व्यक्त गरेकी छिन्। उनले कतिपय युवा राम्रो पढेका छैनन्, काम गर्ने सीप वा मेहनत गर्ने अभ्यास छैन र अझै २५–३० वर्ष काटिसक्दा पनि बाबुआमा वा बुहारीमा निर्भर रहेकाे बताएकी छिन्।

उनले त्यस्ता युवाहरू सपना ठूलो राख्ने आफूलाई देशकै विज्ञ ठान्ने तर अरूको काममा खोट मात्र निकाल्ने बताइन्। ज्योति मगरका अनुसार, उनीनीहरू दिनभरि सामाजिक सञ्जालमा सक्रिय हुन्छन्, अरूलाई उपदेश दिने र आलोचना गर्ने तर वास्तविक काम गर्न औकात नपाउने प्रवृत्ति राख्छन्।

गायिकाले भनिन्– “भाइ, पहिले त प्रोग्राम गर्ने औकात बनाऊ। अनि म बहिष्कार गर्छु कि नालायकहरूले लायक बनेको देखेर खुशीमा आफैँलाई बहिष्कार गरिदिन्छु।” उनले सामाजिक सञ्जालमा आफ्नो विचार व्यक्त गर्दै युवाप्रतिको चेतना र सकारात्मक कामप्रतिको आग्रह गरेकी छन्।

प्रतिक्रिया