सशस्त्र प्रहरीको पोसाकमा टिकटक–रिल्स बनाउने २१२ कर्मचारी कारबाहीमा


काठमाडौं- सशस्त्र प्रहरी बल (सपथ)को पोसाक लगाएर मनोरञ्जनात्मक टिकटक र रिल्स बनाएको आरोपमा २१२ जना सशस्त्र प्रहरी कर्मचारी कारबाहीमा परेका छन्। सशस्त्र प्रहरी बलको प्रधान कार्यालयका प्रवक्ता मनिष थापाका अनुसार, विभिन्न सामाजिक सञ्जालमा पोसाक प्रयोग गरी भिडियो बनाउनु आचारसंहिताविपरीत भएको कारण कारबाही गरिएको हो।

कारबाहीमा परेका कर्मचारीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाइबुझाइ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

सशस्त्र प्रहरीले आफ्ना कर्मचारीका सामाजिक सञ्जाल गतिविधि अनुगमन गर्न प्रधान कार्यालयमा सामाजिक सञ्जाल अनुगमन शाखा स्थापना गरेको छ। उक्त शाखाको स्क्रिनिङ प्रक्रिया अन्तर्गत सामाजिक सञ्जालमा अनुचित गतिविधि गर्ने कर्मचारीहरूलाई कारबाही गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया