
भिजिट भिसा प्रकरणमा सहसचिव तीर्थराज भट्टराईसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा जाेडिएका सहसचिव तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा भएको भिजिट भिसा प्रक्रियामा अनियमितता र रकम असुली भएको उजुरी आएपछि आयोगले अनुसन्धान अघि बढाएको थियो।
आयोगका अनुसार सहसचिव भट्टराईसहित ७ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा बिहीबार आरोप–पत्र दायर गरिएको छ। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले उक्त विवरण पुष्टि गर्दै ७ व्यक्तिसँगै दुई कम्पनीमाथि पनि मुद्दा दायर भएको जानकारी दिएका छन्।
भिजिट भिसामा दुबईलगायत विभिन्न मुलुक जाने यात्रुहरूसँग रकम असुल्ने गरेको आरोपमा भट्टराई अनुसन्धानको दायरामा आएका थिए। अख्तियारले गत जेठ ७ गते उनलाई विमानस्थलबाट नियन्त्रणमा लिएको थियो। पछि जेठ १८ गते उपस्थित हुने शर्तमा उनलाई नियन्त्रणमुक्त गरिएको थियो।



कागजपत्र |
