
महादेवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मृत फेला
काठमाडौं- काठमाडौंको कोटेश्वरस्थित महादेवस्थापन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बैजुहरि भट्टराई बागमती नदी किनारमा मृत अवस्थामा भेटिएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार ५२ वर्षीय भट्टराईलाई शंखमुलतर्फको बागमती किनारमा मृत भेटिएको हो।
प्रहरीका अनुसार उनी मदिरा सेवन गरेको अवस्थामा सडकबाट बागमती नदी किनारतर्फ खसेर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थल तथा परिस्थितिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बैजुहरि भट्टराई कोटेश्वरकै पञ्चशील सहकारीका ऋण अधिकृतसमेत रहेकाले घटनाले स्थानीय क्षेत्रमा थप चासो पैदा गरेको छ।



कागजपत्र |
