ललितपुरमा अफिस छेकेको भन्दै सडकका बिरुवा काट्नेलाई एक लाख १० हजार जरिवाना


ललितपुर –  अफिस छेकिएको बहानामा सडक किनाराका बोट–बिरुवा काटेर क्षति पुर्‍याउने व्यक्तिलाई ललितपुर महानगरपालिकाले एक लाख १० हजार रूपैयाँ जरिवाना तिराएको छ।

महानगर प्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार ‘श्री सिट स्केभ सीसीडेन्सी समाज ललितपुर’ नामकाे संस्थाले बोट–बिरुवामा क्षति पुर्‍याएको प्रमाणित भएपछि गत मंसिर १६ गते नै उनीहरूले एक लाख रूपैयाँ जरिवाना बुझाएका थिए।

हाछेथुका अनुसार बोटबिरुवा हुर्काउन दसौँ वर्ष लाग्ने मेहनत केही क्षणमै काटिदिँदा खेर जाने भएकाले यस्तो उल्लङ्घनमा कडा कारबाही प्राकृतिक संरक्षणका लागि अत्यावश्यक छ। उनले यो जरिवानाले अन्यलाई पनि सचेत बनाउने विश्वास व्यक्त गरे।

यसअघि पनि ललितपुर महानगरपालिकाले सार्वजनिक पोलमा विज्ञापनका पर्चा टाँसेर फोहोर गर्नेहरूलाई चर्को जरिवाना लगाउँदै आएको छ।

प्रतिक्रिया