वैदेशिक रोजगार विभागमा बिचौलियाको दादागिरी, १३ जनाकाे गिरफ्तारी


काठमाडाैं- वैदेशिक रोजगार विभागमा बिचौलियाको रूपमा सक्रिय रहेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार यस समूहले विभागमा दैनिक रूपमा आउने सेवाग्राहीलाई घेरेर ‘काम मिलाइदिने’ बहानामा बार्गेनिङ गर्ने, दबाब दिने र हैरानी पुर्‍याउने कार्य गर्दै आएको थियो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले श्रम स्वीकृतिका लागि विभागमा पुग्ने सेवाग्राहीहरूले लगातार गरेका गुनासोको आधारमा उनीहरूलाई पक्राउ गरिएको बताए।

उनका अनुसार पीडित बनेर विभाग धाउने सेवाग्राहीलाई उल्टै ‘पीडकविरुद्ध पक्राउ पुर्जी जारी गरिदिउँ’, ‘मुद्दामा संलग्न व्यक्तिलाई समातिदिउँ’ भन्दै आश्वासन दिने नाममा थप दुःख दिइएको पाइएको छ।

एसपी आचार्यले भने, “सेवाग्राहीलाई हैरान पारिएको गुनासो आएपछि पक्राउ गरिएको हो। हामी अहिले पनि थप अनुसन्धान गरिरहेका छौं।”

प्रतिक्रिया