
बहुविवाहकाे आरोपमा डीएसपी मधु नेपाल पक्राउ
बुटवल- नवलपरासी पूर्वमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल बहुविवाहको अभियोगमा पक्राउ परेका छन्। आफ्नै पहिलो श्रीमतीले उजुरी दिएपछि रुपन्देही प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार डीएसपी नेपाल आफैँ मंगलबार साँझ प्रहरी कार्यालय आइपुगेका थिए। उजुरी दर्ता भएपछि प्रारम्भिक प्रक्रियाअनुसार उनलाई नियन्त्रणमा लिइएको र अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको उनले बताए।
एसपी क्षेत्रीले बहुविवाहसम्बन्धी थप प्रमाण संकलन भइरहेको जानकारी दिँदै नेपालकी भनिएकी दोस्रो श्रीमतीको खोजी कार्य पनि जारी रहेको उल्लेख गरे।



कागजपत्र |
