१३ वर्षीया बालिका बलात्कारको आरोपमा एमाले नेता पक्राउ


जनकपुर- नेकपा (एमाले) का मधेस प्रदेश कमिटी सदस्य तथा जनकपुर उपमहानगरपालिका इन्चार्ज शिवशंकर साह ‘हिरा’ लाई एक १३ वर्षीया नाबालिगलाई बन्धक बनाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ।

पीडित बालिकाको परिवारले दिएको उजुरीअनुसार साहले गएको कार्तिक २२ गते जनकपुरको जानकी चोकस्थित एक होटेलमा ती नाबालिगलाई दुई दिनसम्म बन्धक बनाएर बलात्कार गरेका थिए।

घटनापछि फरार रहेका साहलाई प्रहरीले भारतीय सुरक्षा निकायसँगको समन्वयमा भारतको सीतामढीबाट नियन्त्रणमा लिएको हो। धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता गणेशबहादुर बमका अनुसार पक्राउ परेका साहलाई मंगलबार राति नेपाल ल्याइएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया