पोर्चुगल पठाउने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ


काठमाडौं – काठमाडौं महानगरपालिका–२६ बस्ने ३३ वर्षीय भीम बहादुर महरलाई पक्राउ गरिएको हो। उनी कञ्चनपुर बेदकोट नगरपालिका–१० घर भएका हुन्।

भीम बहादुरले पीडितलाई पोर्चुगल पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको आरोपमा पक्राउ परेका हुन्। पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–४ सुकेधाराबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको छ।

प्रतिक्रिया